News

हाम्रो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

हाम्रो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
Academic 10 August 2026
Academic

हाम्रो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कक्षा ८ का विद्यार्थीहरूले स्थानीय शासन, स्थानीय सरकारको भूमिका तथा जनप्रतिनिधिको जिम्मेवारीबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त गरे।

टोखा, काठमाडौं २०८३-०४-२५

कक्षा ८ को ‘हाम्रो टोखा’ विषयअन्तर्गत रहेको ‘हाम्रो जनप्रतिनिधि’ पाठसँग सम्बन्धित ‘हाम्रो जनप्रतिनिधिसँग अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा टोखा नगरपालिकाका आदरणीय उपप्रमुख श्री मुरारी तामाङज्यू उपस्थित भई विद्यार्थीहरूलाई स्थानीय शासन, स्थानीय सरकारको संरचना, कार्य, भूमिका तथा जिम्मेवारीका विषयमा जानकारी गराउनुभयो।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले स्थानीय सरकार तथा जनप्रतिनिधिसँग सम्बन्धित विभिन्न जिज्ञासा र प्रश्नहरू राखेका थिए। उपप्रमुखज्यूले विद्यार्थीका प्रश्नहरूको सरल, स्पष्ट तथा प्रेरणादायी ढङ्गले सम्बोधन गर्नुभएको थियो।

यस अन्तरक्रियाले विद्यार्थीहरूलाई स्थानीय सरकारको कार्यप्रणाली तथा जनप्रतिनिधिको भूमिका प्रत्यक्ष रूपमा बुझ्न र आफ्ना जिज्ञासा राख्दै सिक्ने महत्वपूर्ण अवसर प्रदान गर्‍यो। पाठ्यपुस्तकमा अध्ययन गरिएका विषयलाई व्यवहारिक अनुभवसँग जोड्दै विद्यार्थीहरूमा नागरिक चेतना, सहभागिता र स्थानीय शासनप्रतिको समझ विकास गर्न कार्यक्रम प्रभावकारी रह्यो।

कार्यक्रमलाई ज्ञानवर्धक, जीवन्त तथा अर्थपूर्ण बनाउन आफ्नो अमूल्य समय प्रदान गर्नुभएकोमा आदरणीय उपप्रमुख श्री मुरारी तामाङज्यूप्रति विद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

मिति: २०८३-०४-२५ स्थान: टोखा, काठमाडौं श्रेणी: विद्यालय गतिविधि / शैक्षिक कार्यक्रम
Share:
Back to News